शुक्रबार, ७ वैशाख २०८१

कांग्रेस पदाधिकारी बैठक सिंहदरबारमा जारी

समयपोष्ट २०७३ मंसिर १३ गते ६:०२

संविधान संशोधन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका पदाधिकारीहरूको बैठक सिंहदरबारमा जारी छ ।

Advertisement

 कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा  मधेसी मोर्चाको माग अनुसार संविधान संशोधन कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल केन्द्रित हुने बताईएको छ । 

संविधान संशोधन दर्ता गराउन नसकेको सरकारले पहिला राजनीतिक सहमति जुटाउने भन्ने निर्णय गरेपछि कांग्रेसले सो विषयमा पार्टीगत धारणा बनाउन लागेको हो ।

सीमाङ्कनको विषयलाई लिएर कांग्रेसभित्र विवाद छ । पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला हटाउने प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावको कांग्रेसका केही सांसदहरूले  विरोध गरिरहका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री