भारतमा हिमालयन एभरेस्ट इन्स्योरेन्सले पायो दुई अवार्ड
विगत ३० वर्षदेखी निर्जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई भारतमा दुई अवार्डबाट सम्मानित गरिएको छ ।
यहि मंसिर ७ गते यन्डियन चेम्बर्स अफ कर्मशद्धारा आयोजित चौथो आईसिसि इमर्जिङ इन्स्योरेन्स कन्क्लेभमा नेपालको ‘उत्कृष्ट लघु बिमक (बेस्ट माइक्रो इन्स्योरर–नेपाल)’ र ‘अति प्रभावकारी प्रविधि अनुकुलन (मस्ट इफेक्टिभ एडप्सन अफ टेक्नोलोजी–नेपाल) अवार्डबाट सम्मान गरिएको हो । उक्त सम्मानहरु कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहलाई हस्तान्तरण गरिएको थियो ।
विश्व मै प्रतिष्ठित परामर्शदाता पिडब्लुसीले एशियामा उदियमान बीमा कम्पनीहरुको कार्य सम्पादन, व्यवसाय विस्तार, प्रविधिको प्रयोग आदी विधाहरुमा स्वतन्त्र मूल्याङकन गरेर पुरस्कृत गर्ने गर्दछ । आफ्नो कम्पनीलाई पुरस्कार प्रदान गरेकोमा परामर्शदाता जुरी र आयोजकलाई प्रमुख कार्यकारी अधिकृत शाहले धन्यवाद प्रदान गरेका छन् । उक्त समारोहमा प्रमुख कार्यकारी अधिकृत शाहले बिशिष्ट अतिथिका हैसियतले सम्बोधन समेत गरेका थिए ।
यसअघि पनि सिंगापुरमा ‘इन्स्योरेन्स एसिया’ले दुई वटा प्रतिष्ठित सम्मानद्वारा हिमालयन एभरेस्टलाई सम्मानित गरेको थियो । गत साउन १३ मा कम्पनीले सिंगापुरमा ती दुई अवार्ड पाएको थियो । नेपालमा बीमाको समावेशिकरणमा नेतृत्वदायी भूमिका खेलेको भनेर ‘इन्स्योरेन्स इन्क्लुजन इनिसियटिभ अफ द येअर नेपाल’ अवार्ड पाएको थियो । त्यस्तै नविन बीमा योजनाहरु कार्यान्वयनमा ल्याएको भनेर ‘न्यू इन्स्योरेन्स प्रडक्ट अफ द येअर नेपाल’ अवार्ड पनि हिमालयन एभरेस्टले नै हात पारेको थियो ।
प्रतिक्रिया