शुक्रबार, २० असार २०८२

भोलि र पर्सि सार्वजनिक बिदा

समयपोष्ट २०८० मंसिर १० गते १५:४७

Advertisement

आठपहरिया जातिको मुख्य चाड वडाङ्मेटको अवसरमा धनकुटा नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।

नगरपालिकाले सोमबार र मंगलबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए ।

बिदाको दिन नगर कार्यपालिकाको कार्यालय, १० वटै वडा कार्यालय, नगरस्तरीय कार्यालय र विद्यालयहरू बन्द हुनेछन् ।

धनकुटा नगरपालिका क्षेत्रलाई आफ्नो उद्गम स्थल मान्दै आएका आठपहरियाहरुले १५ दिनसम्म धुमधामका साथ वडाङ्मेट पर्व मनाउने गर्छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री