
आठौं संस्करणको लक्ष्मी सनराइज बैंक आमन्त्रण गल्फ प्रतियोगिताको उपाधि नोर्बु छिरिङ शेर्पाले हात पारेका छन् ।
गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न स्टेबलफोर्ड ३ र ४ ह्यान्डिक्याप विधामा सञ्चालित प्रतियोगितामा नोर्बुले ४१ अंक जोड्दै उपाधि जितेका हुन्।
उनले १२औं र १७ औं होलमा बोगी खेले पनि पहिलो, तेस्रो, चौथो, १३औं र १८औं होलमा बर्डी हानेका थिए। ४० अंक जोडेका आशिष श्रेष्ठ उपविजेता बने। आशिषले ११ हेन्डिक्यापमा प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगितामा सात महिला गल्फरसहित ९६ गल्फ खेलाडीको सहभागिता रहेको थियो।
प्रतियोगिताका विजेतालाई लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनलगायतले पुरस्कार वितरण गरेका थिए।










प्रतिक्रिया