
डाबर नेपालले जाजरकोट भुकम्पपीडितलाई आर्थिक सहायता उपलब्ध गराएको छ ।
डाबरले शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो ।
एक कार्यक्रमकाबिच कम्पनीकी अध्यक्ष इश्वरी राणा,व्यवसाय प्रमुख हरकिरत सिंह बेदी तथा कम्पनीका वरिष्ठ अधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नगद २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
कम्पनीले बिनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरु प्रति दुख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।









प्रतिक्रिया