आइतबार, २२ असार २०८२

एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाईका लागि आवेदन दिने समय थप

समयपोष्ट २०८० मंसिर ७ गते १०:१७

Advertisement

एनआईसी एशिया क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको “एनआईसी एशिया ग्रोथ फण्ड-२”को इकाईका लागि आवेदन दिने म्याद थप भएको छ ।

क्यापिटलले मंसिर ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको “एनआईसी एशिया ग्रोथ फण्ड-२” इकाईका लागि अब मंसिर १८ गतेसम्म आवेदन दिन सकिनेछ।

सो अवधिभन्दा अगाडि पूर्ण आवेदन परेमा पूर्व सूचना दिई कुनै पनि दिन निष्काशन बन्द गरिने क्यापिटलले जनाएको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो।

उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

Advertisement

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। ७ वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री