शनिबार, २ असार २०८१

चन्दननाथमा कुमारी बैंकको नयाँ शाखा विस्तार

समयपोष्ट २०८० मंसिर ४ गते २१:३२

Advertisement

कुमारी बैंक लिमिटेडले जुम्लास्थित वडा नं.०६ चन्दननाथ नगरपालिकामा शाखा विस्तार गरी आजदेखि सञ्चालनमा ल्याएको छ ।

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो ।

बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पु¥याउने योजना बनाएको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री