शुक्रबार, १४ वैशाख २०८१

भूकम्पले क्षति पुर्याएको बौद्धनाथ चैत्यको पुर्न:निमार्ण सम्पन्न ,आजबाट शुद्धीकरण पूजा सूरु 

समयपोष्ट २०७३ मंसिर ३ गते ६:३३


गत बर्षको गोरखा भुकम्पले क्षति पुर्याएको बौद्ध स्थित बौद्धनाथ चैत्यको पुर्न:निमार्ण सम्पन्न भएको छ । 
भूकम्पका कारण चैत्यको त्रयोदश भूवनका साथै अन्य विभिन्न भागमा क्षति पुगेको थियो । 

Advertisement

बौद्ध धर्मावलम्बीको ठूलो आस्थाका रुपमा रहेको चैत्यको जीर्णोद्धार सम्पन्न भएपछि आजबाट बौद्धनाथ क्षेत्र विकास समितिले चैत्यमा शुद्धीकरण पूजा सुरु गरेको हो । मङ्सिर ५ गतेसम्म चल्ने सो पूजामा चैत्यको प्राणप्रतिष्ठा गर्नुका साथै बौद्ध परम्पराअनुसार अन्य पूजा पाठ गरिने बौद्धनाथ क्षेत्र विकास समितिले जानकारी दिएको छ   ।

विभिन्न भागमा जीर्णोद्धारका क्रममा कुल्चिएका तथा विभिन्न दोषपूर्ण गरिएका कार्यबाट मुक्त हुनका लागि सो पूजा गरिन लागेको हो । 
बौद्ध दर्शनको महायान तथा बज्रयान सम्प्रदायमा निङ्मा, काग्यु, गेलुक र शाक्य चारवटा परम्परा छन् । 
ती चारैवटा परम्पराका धर्मगुरुले चैत्यको चारै दिशामा बसेर चैत्यको शुद्धीकरणका लागि विधिविधानपूर्वक पूजा तथा शान्तिका लागि परित्राण पाठ गरेका छन् । 

पाँचौ शताब्दीमा निर्माण भएको सो चैत्य पुनःनिर्माण तथा जीर्णोद्धार गर्न करिब २३ करोड लागेको बौद्धनाथ क्षेत्र विकास समिति जनाएको छ । समितीका अनुसार विश्व सम्पदा सूचीमा सूचीकृत सो चैत्य जीर्णोद्धार का लागि विभिन्न दातृ निकाए ,संघसंसथा लगाएत भक्तजनहरुले पनि आर्थिक सहयोग गरेका छन् ।

सो चैत्य को समुद्घाटन मङ्सिर ७ गते प्रधानमन्त्रीबाट गरिने भएको छ । सो समुद्घाटन कार्यक्रममा श्रीलङ्का, म्यान्मार, लाओस, भियतनाम, थाइल्यान्डल लगायत दातृ मुलुकका कूटनीतिक प्रतिनिधिको पनि सहभागिता हुने बौद्धनाथ क्षेत्र विकास समितिले जानकारी दिएको छ ।  
करिब छसय लामा गुरुको सहभागिता रहेको सो कार्यक्रममा भक्तजन तथा धर्मावलम्बीहरुको ब्यापक सहभागिता रहेको छ । 


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री