शनिबार, १५ वैशाख २०८१

नेशनल लाइफले ३० प्रतिशत वोनस सेयर र शतप्रतिशत हकप्रद जारी गर्ने

समयपोष्ट २०७३ मंसिर १ गते २:५५

नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीले  बर्षको खुद नाफाबाट ३० प्रतिशत बोनस र त्यसपछि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ ।
कम्पनिले हाल कायम चुक्ता पूँजी एक अर्ब एक करोडको ३० प्रतिशत बोनस सेयर लगानीकर्तालाई बाड्ने प्रस्ताव गरेको हो ।

Advertisement

उसले बोनस सेयरको कर प्रयोजनका लागि अलग्गै रकमको ब्यवस्था पनि गरेको छ ।  शतप्रतिशत हकप्रद जारी गर्दा चुक्ता पूँजी दुई अर्ब ६० करोड नाघ्ने छ ।
नेशनल लाईफले गत बर्ष बिमांकीय मुल्यांकन नुहँदै १४ करोड ९९ लाख खुद नाफा कमाएको थियो ।

यसले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा पाँच करोड पाँच लाख खुद नाफा कमाएको बित्तीय बिबरण प्रकाशित गरेको छ । उसको जगेडा कोषमा ५८ करोड र जीवन बिमा कोषमा १५ अर्ब रुपैयाँ छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री