शनिबार, ८ वैशाख २०८१

टोयोटाले भारतीय बजारमा  ल्यायो नयाँ फर्चुनर

समयपोष्ट २०७३ कार्तिक २६ गते ६:५८

टोयोटाले आफ्नो सर्बाधिक सफल एसयूभी फर्चुनरलाई फुल मोडल चेन्जका साथ भारतीय बजारमा उतारेको छ । नयाँ फर्चुनर यस पटक डिजेल वाहेक पेट्रोल इन्जिन अप्सनमा समेत उपलब्ध गराइएको छ । यसको मूल्य २५ लाख ९२ हजारदेखि ३१ लख १२ हजार भारतीय रुपैयाँसम्म तोकिएको छ ।

Advertisement

भारतीय बजारमा लन्च गरिएको नयाँ फर्चुनरको बुकिङका साथै डेलिभरी पनि दिन थालिएको छ । यसको डिजाइनमा धेरै परिवर्तन गरिएको छ । अब यो एसयूभी धेरै ठूलो, स्टाइलिस र लक्जरियस देखिएको छ । यसको इन्टेरियरलाई पनि प्रिमियम लुक्स प्रदान गर्ने कोशिश गरिएको छ ।
टोयोटाले नयाँ फर्चुनर ६ भेरिएन्टमा उपलब्ध गराएको छ । यी सबैमा ७ एयरब्याग स्ट्यान्डर्डको रुपमा दिइएका छन् । सेफ्टीका आधारमा यो एउटा ठूलो कदम हो । त्यसैगरी यो ७ कलर अप्सनमा उपलब्ध छ । जसमा फ्यान्टम ब्राउन र अवान्त ग्रेड ब्रोन्ज नयाँ कलर हुन् । नयाँ फर्चुनरको प्रतिस्पर्धा फोर्ड एन्डेभर, हुन्डाई टक्सन, मित्सुविसी पजेरो स्पोर्ट्स र सेभ्रोले ट्रेलब्लेजर जस्ता पावरफुल एसयूभीसँग हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री