शुक्रबार, १४ वैशाख २०८१

दलाई लामाका नेता लोब्साङ साङ्गेले भन्छन् देउवा भारतमा मसंगै थिए ,देउवा भन्छन् दलाई लामाको प्रतिनिधि भेटिन

समयपोष्ट २०७३ कार्तिक २५ गते ७:०१


नेपाली काँग्रेशका नेता शेरवहादुर देउवाले आफुले दलाई लामाको प्रतिनिधिलाई नभेटोको दाबी गर्दै गर्दा दलाई लामाका नेता लोब्साङ साङ्गेले भने देउवा आफूसँगै भारतमा गोवाको एक कार्यक्रम बसेको बताएका छन् । 

Advertisement

निर्वासित तिब्बती धर्मगुरु दलाई लामाको मुखपत्रले दलाई लामाका प्रधानमन्त्री समेत रहेका लोब्साङ साङ्गेले भाषण दिएको कार्यक्रममा नेपाली काँग्रेशका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पनि उपस्थिति रहेको र उनले मन्तब्य पनि राखेको जनाएको छ। 

फ्री तिब्बत अभियानका अगुवा दलाई लामाको मुखपत्र ‘सेन्टरल टिबेटिन एडमिनिष्ट्रेशन’मा ‘सिक्योङ एड्रेस थर्ड इण्डिया आइडियाज कन्क्लेभ एट गोवा’ शीर्षकमा तिब्बती पृथकतावादी समानान्तर सरकारका प्रधानमन्त्री साङ्गे र देउवा एउटै कार्यक्रममा सहभागी भएको उल्लेख गरेको छ। 

बुधबार भारत भ्रमण सकेर स्वदेश फर्किएका देउवा आफुले दलाई लामाको प्रतिनिधिलाई भारतमा भेटको बारे खण्डन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरु माझ आक्रामक रुपमा प्रस्तुत भएका थिए । उनले आफूले तिब्बती पृथकतावादी नेतासँग भेटेको भनेर सञ्चार माध्यमले झुठो समाचार लेखेको भन्दै आफुलाई भिक्तामा पुर्याउन लागेको समेत बताएका थिए । मिडियाले झूठो समाचार लेखेर आफ्नो बदनाम गराउन खोजेको भन्दै देउवाले आफू चुप लागेर नबस्ने बताएका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री