शुक्रबार, १४ वैशाख २०८१

फुटपाथ खाली गराउन थालेपछि व्यापारीद्वारा महानगरपालिका घेराउ

समयपोष्ट २०७९ मंसिर १२ गते १६:१३

Advertisement

विराटनगरकाे मुख्य व्यापारिक क्षेत्रमा रहेकाे फुटपाथ खाली गराउन थालेपछि व्यापारी आन्दोलनमा उत्रिएका छन् । विराटनगर महानगरपालिकाले फुटपाथ खाली गराउन थालेपछि विराेध गर्दै व्यापारीहरू आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनमा उत्रिएका व्यापारीले सोमबार महानगरपालिकाको कार्यालय अगाडि धर्ना दिए ।

आफूहरुले फुटपाथ नमिचेको बताउँदै व्यापारीले निर्वाध रुपमा व्यापार गर्ने वातावरण बनाउन माग गरेका छन् ।​ सहरको सौन्दर्यकरण वृद्धि गर्न र सर्वसाधारणलाई आवतजावत गर्न सहज बनाउने भन्दै महानगरपालिकाले शुक्रबारदेखि फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका हटरा हटाउने अभियान सुरु गरेको थियो ।

​महानगरपालिकाले गत कात्तिक ३ गते बजार सौन्दर्यकरण, दुर्घटना न्युनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै ३५ दिने सूचना सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री