सोमबार, १९ मंसिर २०७९

मतदानपछि राजेश हमालले भने : पाँच वर्षपछि राजनीतिमा आउँछु होला

समयपोष्ट २०७९ मंसिर ४ गते १२:४२

Advertisement

अभिनेता राजेश हमालले प्रतिनिधिसभा र प्रदेशसभाको जारी निर्वाचनमा मतदान गरेका छन् ।

लैनचौरको जननाथ स्मृति मावि केन्द्रबाट उनले बिहान भोट खसाएका हुन् ।

मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै हमालले आफू पनि भविष्यमा राजनीतिमा आउने बताए ।

उनले भने, ‘यो चुनावबाट आउने परिणामले नयाँ मार्गनिर्देशित गर्छ । त्यसपछि मलाई लाग्छ कि यसमा चासो राख्ने र समावेश हुन चाहने व्यक्ति धेरै हुनुहुन्छ । मेरो पनि त्यही नै हो ।’

Advertisement

त्यसो भए तपाईं पनि राजनीतिमा आउने हो ? भन्ने पत्रकारको प्रश्नमा हमालले सकारात्मक जवाफ दिए ।

‘म आफूलाई असाध्यै तन्दुरुस्त राखिरहेको छु । मलाई लाग्छ कि अर्को पाँच वर्षपछि म नेपाली राजनीतिमा सायद आउँछु होला ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री