
चितवनको राप्ती नगरपालिकामा गोली चलेको छ ।
राप्ती नगरपालिका–८ स्थित ब्रम्हस्थली राष्ट्रिय आधारभूत माविमा मतदान प्रक्रिया अवरुद्ध गर्न खोजिएपछि प्रहरीले गोली चलाएको हो ।
मतदान प्रक्रिया अवरुद्ध गर्न खोजिएपछि हवाइ फायर गरिएको चितवनका एसपी नवराज अधिकारीले जानकारी दिए ।
सो मतदान स्थलमा अहिले मतदान सुरु भएको छ ।







प्रतिक्रिया