शुक्रबार, १६ चैत २०८०

प्राइम लाइफको खुद बिमा शुल्क एक अर्ब १४ करोड, खुद नाफा कति ?

समयपोष्ट २०७९ कार्तिक ३० गते १२:२५

Advertisement

प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब १४ करोड ७२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको तुलनामा १.९५ प्रतिशत अर्थात ३ करोड रुपैयाँले कम हो ।

गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १ अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ४८ करोड ९ लाख रुपैयाँ र बीमालेख धितोमा २ अर्ब ३२ करोड ८९ लाख रुपैयाँ कर्जा लगानी गरी ४ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा पनि ५७.१२ प्रतिशतले घटेर ५ करोड २५ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १२ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी २ अर्ब ७७ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५९ करोड ९३ लाख रुपैयाँ, बीमा कोषमा १९ अर्ब ८९ करोड ८१ लाख रुपैयाँ र महावित्ती कोषमा १८ करोड ७१ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५६ पैसा, प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ३० पैसा र मूल्य आम्दानी अनुपात ७५.२३ गुणा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री