गठबन्धनका उम्मेदवारलाई असहयोग गर्ने गण्डकीका भौतिक पूर्वाधारमन्त्री बर्खास्त

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन् ।

Advertisement

खड्काले गठबन्धनका कास्की-२ ख का उम्मेदवार विन्दुकुमार थापालाई असहयोग गरेको भन्दै मुख्यमन्त्री पोखरेलले बर्खास्त गरेको बताइएको छ ।

खड्काले पछिल्लो समय गठबन्धनका उम्मेदवारविरुद्ध माग्दै हिँडेको आरोप छ ।

खड्काले समाल्दै आएको मन्त्रालय मुख्यमन्त्री पोखरेल आफैंले सम्हाल्ने बताइएको छ । खड्का ०७४ सालमा निर्वाचनमा समानपातिकबाट गण्डकी प्रदेश सभा सदस्य पदमा निर्वाचित भएको थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री