मंगलबार, ११ वैशाख २०८१

नेप्से २१ अंकमाथिले वृद्धि

समयपोष्ट २०७९ कार्तिक २८ गते १५:२७

Advertisement

सेयर बजार सूचक नेप्सेमा सोमबार २१ अंकमाथिले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २१.२६ अंकले बढ्दै १९०४.४३ अंकमा उक्लिएको हो । यस्तै आज क वर्गको सन्सेटिभ इन्डेक्स समेत ४.५० अंकले बढ्दै ३७५.०३ अंकमा उक्लिएको छ ।

आज १३ वटै उपसमूह धनात्मक भएका छन् । सबैभन्दा बढी म्यानु एण्ड प्रो समूहको उपसूचक ३.१३ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक २.७१ प्रतिशतले, होटल तथा टुरिजम २.२७ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह २.२० प्रतिशतले र हाइड्रोपावर २.०७ प्रतिशतले बढेको छ ।

सबैभन्दा बढी आज तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताहरुले ९.८४ प्रतिशतले कमाएका छन् भने लक्ष्मी इक्यूटी फन्डका लगानीकर्ताहरुले ६.५८ प्रतिशतले गुमाएका छन् । २१ अंकमाथिले बढेको बजारमा आज कुल ९४ करोड ६० लाख ८९ हजार ५२१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री