
आज सुन प्रतितोला ६ सय रुपैयाँ महंगो भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँमा कारोबार हुँदैछ ।
शुक्रबार सुन तोलामा नै एक हजार ३०० रुपैयाँले महंगिएको थियो । त्यस दिन सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ पुगेकाे थियो ।
साताको पहिलो दिन, चाँदी तोलामा पाँच रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार २९५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।
अघिल्लो साताको अन्तिम कारोबार दिन, पनि चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २९५ रुपैयाँमा किनेबेच भएको थियो ।








प्रतिक्रिया