आत्महत्याको हृदयविदारक घटना : छोरी-भतिजा र भाइलाई राखेर सिंहले कारलाई नहरमा खसाले

पञ्जाबमा आत्महत्याको एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ । फिरोजपुर जिल्लामा एक व्यक्तिले छोरी-भतिजा र भाइसहित कारलाई नहरमा खसालेका छन् ।

Advertisement

घटनामा चारै जनाको मृत्यु भएको छ । मंगलबार घण्टौँको प्रयासपछि प्रहरीले चारै जनाको शव र कारलाई नहरबाट निकालेको थियो ।

मर्नुअघि उक्त घटनाको भिडियो पनि सार्वजनिक भएको छ । जसमा कार चलाउने व्यक्ति चर्को स्वरले कराउँदै आफ्नो मृत्युको कारण बताइरहेका छन् । भिडियोमा उनले श्रीमतीले सोही क्षेत्रका फाइनान्सरसँग अवैध सम्बन्ध रहेको आरोप लगाएका छन् । सोही क्रममा उनले आफ्नी सासु र सालीले आफूलाई बस्न नदिएको पनि बताएका छन् ।

फिरोजपुर प्रहरीका अनुसार मोहल्ला बुधवाराका जसविन्दर सिंह (३७) आफ्नो कारमा भाइ हरप्रीत सिंह (४०), उनकी छोरी गुरलीन कौर र भतिजा अगमसँग गइरहेका थिए। अचानक घल्खुर्द नजिक जसविन्दर कारसहित नहरमा हाम फाले । छिमेकीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उद्धार गरेर सबैलाई बाहिर निकालेपनि उनीहरुको मृत्यु भइसकेको थियो ।

मृतकका भाइ जसविन्दरले आफ्नो भाउजु कला सन्धु नामक फाइनान्सरसँग बस्न थालेको बताए । काला सन्धुले उनलाई इलाकामा छुट्टै कोठामा राखेका थिए । भाउजुकी आमा र बहिनीले पनि साथ दिए । भाइ जसविन्दरले काला सन्धुलाई फोन गरेर आफ्नी श्रीमतीलाई घर पठाउन भनेका थिए।

Advertisement

जसविन्दरले आत्महत्या गर्नुअघि भिडियो पनि बनाएका थिए । जसमा उनले भनेका छन्, ‘आज म मृत्युको नजिक पुगेको छु । केटाकेटीहरू मसँगै छन्।

उनी धेरै पटक लाइभमार्फत आफ्नो पीडा सुनाए, तर कसैले मद्दत गरेन। जसविन्दरसँग कारमा उनकी छोरी र भतिजा पनि बसेका थिए, भिडियोमा बालबालिकाले आफू बाँच्न नचाहेको पनि बताएका छन् ।

जसविन्दरले काला सन्धुले आफ्नी श्रीमतीलाई महँगो लुगा लगाउने बानी बसालेको बताए । ३ वर्ष उनी काला सन्धुसँग थिइन् । मर्नुअघि जसविन्दरले निकै तीव्र गतिमा कार चलाएको भिडियोमा देखिन्छ । केटाकेटीहरु भन्दै थिए बाबु, गाडी बिस्तारै चलाउनुस् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री