बिहीबार, १३ वैशाख २०८१

मिसेलिन टायरको नयाँ सोरुम विरगंजमा

समयपोष्ट २०७९ कार्तिक २० गते १९:१०

Advertisement

मिसेलिन टायर ब्राण्डको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी अटोपार्टस प्रा. लि. ले विरगंजको बाईपास रोडमा नयाँ शोरुम स्थापना गरेको छ ।

आइतबार “जय मा दुर्गा टायर हाउस“ नामक सोरुमको उद्घाटन कम्पनीका वरिष्ठ महाप्रबन्धक यूवराज बुढाथोकीले एक कार्यक्रमबिच गरेका छन् ।

ग्राहकवर्ग एवं रिटेलरहरुको उपस्थिति रहेको उक्त समारोहमा सोरूमका संचालक मदन प्रसाद यादवलाई विक्रेता नियुक्ति सम्बन्धि प्रमाणपत्र वितरण गरिएको थियो । साथै सोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई एक जोडी मिसेलिन टायरको खरिदमा एउटा ज्याकेट निः शुल्क प्रदान गरिएको छ ।

जय मा दुर्गा टायर हाउसमा कमर्सिअल (ट्रक, टिपर, बस आदि ) र पेसेन्जर (इभी, एसयुभी आदि ) गाडीहरुको लागि विभिन्न मोडेलका मिसेलिन टायरहरु उपलब्ध छ ।
मिसेलिन ब्रान्ड विश्वको नम्बर एक टायर ब्राण्डको रुपमा परिचित छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री