शनिबार, १५ वैशाख २०८१

कांग्रेस,माओवादी,एमाले, र मधेशी मोर्चाका नेताहरुले भने ‘मुखर्जीको भ्रमण पूर्ण सफल भयो’

समयपोष्ट २०७३ कार्तिक २० गते १०:५४

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले भारतीय राष्ट्रपति मुखर्जीको तीन दिने नेपाल भ्रमण पूर्ण रुपमा सफल भएको दाबी गरेका छन  । 
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै खनालले भने,‘उहाँको भ्रमणले नेपाल–भारत सम्बन्धमा देखिएका पछिल्ला सबै खाले तित्तताहरु हटेका छन्, उहाँको सद्भावपूर्ण भ्रमण भएकोले यो भ्रमण एकदमै सफल भयो ।’
यद्धपी उनले मुखर्जीको नेपाल भ्रमणलाई लिएर मुख्यतः दुई वटा विषय उठाएर विवादित बनाउन खोजिएकोप्रति कडा आक्रोश पोखे । उनले थपे,‘उहाँको भ्रमणको बेला सार्वजनिक विदा दिएको विषयलाई लिएर आलोचना गरियो, तर यो सहमतिमै गरिएको निर्णय हो, राष्ट्रपति ज्यूका आग्रहमै यो निर्णय गरिएको हो ।’ यस्तो विषयलाई उछाल्न खोज्नु गलत भएको उनको टिप्पणी थियो । 
खनालले भ्रमणका बेला नागरिकहरुले सास्ती पाएको कुरामा भने गल्ती भएको स्विकारे । 

Advertisement

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने राजकीय नेपाल भ्रमण सकारात्मक भएको स्पष्ट पारेका छन् । 
उपाध्यक्ष रावलले राजनीतिक दृष्टिकोणमा शीर्ष तहको भ्रमणको आदान–प्रदान हुनु एकदमै सकारात्मक भएको टिप्पणी गरे । उनले अघि भने,‘यो भ्रमणले द्धिपक्षीय पारस्परिक सम्बन्धलाई थप उचाईमा पुर्याउन मद्धत पुगेको छ ।’
उपाध्यक्ष रावलले कुटनीतिक रुपमा राष्ट्रपति मुखर्जीको भ्रमणमा नेपाल सरकारले राष्ट्रिय दिवस जस्तो गरि सार्वजनिक विदा दिएर पहिलेकै चलन दोहोर्याएको गुनासो पोखे । उनले अघि थपे,‘यस्तै गर्ने हो भने देश फेरि सामन्ती बाटोमा जाने हो कि भन्ने चिन्ता देखियो ।’
उपाध्यक्ष रावलले छिमेकी राष्ट्रको नेपालप्रतिको सद्भावलाई आफूहरुले सकारात्मक रुपमा लिएको स्पष्ट पारे । यद्धपी उनले राष्ट्रपति मुखर्जीको भ्रमणको बेला उपत्यकामा एम्बुलेन्स समेत चल्न नदिएर नागरिकलाई सास्ती दिने कामप्रति कडा आलोचना गरे । रावलले थपे,‘यस्तो पाराले देशलाई बलियो बनाउँदैन, यो त चाकडी हो ।’
नेपाली काँग्रेसका नेता तथा सांसद मीन विश्वकर्माले पनि भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणले द्धिपक्षीय सम्बन्धमा देखा परेका चिसोपनाहरु हटेको दाबी गरे । उनले भने,‘महामहिम राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणले नेपाल–भारत सम्बन्ध थप मजुबदु बनेको छ ।’
मुखर्जीको नेपाल भ्रमणमा उपत्यकाको यातायात देखि अन्य व्यवस्थामा सरकारको कमजोरी रहेको विश्वकर्माले आरोप लगाए । उनले भने,‘सरकारले चाहेर त यस्तो गरेको होईन होला, तर व्यवस्थापनमा त्रुटि देखियो ।’
मधेशी मोर्चाका नेता एवम् नेपाल सद्भावाना पार्टीका अनिल झाले पनि मुखर्जीको नेपाल भ्रमण फलदायी भएको टिप्पणी गरे । झाले भने,‘द्धिपक्षीइ सम्बन्ध उचाईमा पुर्याउन र आपसी विश्वास बढाउन मद्दत पुगेको छ ।’ 
राष्ट्रपति मुखर्जी र मधेशी मोर्चावीच भएको छलफलमा राजनीतिक विषयमा कुरा नभएर के विषयमा कुरा हुनु त भन्दै अध्यक्ष झाले प्रश्न गरे । उनले अघि थपे,‘मुखर्जी हाम्रो नातापर्ने होईनन, उहाँसँग राजनीतिक कुरा नगरेर के गर्ने त रु भारतलाई पनि हाम्रोबारेमा राम्रोसँग जानकारी छ ।’
उनले नेपालको संविधान संशोधनबारे भारतको चासो रहेको कुरा कुनै छुपाउनुपर्ने विषय नभएको समेत जिकिर गरे । उनले भने,‘भारत सरकारले आफ्नो नीति अनुसार बोल्छ नि ।’ उनले एमालेप्रति टिप्पणी गर्दै भने,‘एमालेले पनि बोल्न पाउनुपर्छ नि, उसले बोलेरै गरि खाको छ ।’
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री