शुक्रबार, १६ चैत २०८०

फोटोनको विश्वस्तरीय टुनल्याण्ड एम्बुलेन्स नेपाली बजारमा

समयपोष्ट २०७८ मंसिर ५ गते १८:३७

Advertisement

नेपाल सरकार स्वास्थ मन्त्रालयले तोकेको मापदण्ड बमोजिमको एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोनको विश्वस्तरीय टुनल्याण्ड एम्बुलेन्स नेपाली बजारमा बिक्री सुरु गरेको छ ।

सन् १९९६ मा चीनमा स्थापना भएको फोटोनले ठूला ट्रक, साना मझौला ट्रक, पीकअप, बस र निर्माण उपकरणहरु उत्पादन गर्दै आएको छ । यस्तोमा कम्पनीले उत्पादन गरेको टुनल्याण्ड एम्बुलेन्स नेपालमा बिक्री सुरु गरेको हो ।

नेपाल सरकार स्वस्थ मन्त्रालयको निर्देशिका बमोजिम क्याटगोरी “A” र “B” मा उपलब्ध गराएको कम्पनीका सेल्सहेड नविन आचार्यले जानकारी दिएका छन् । जर्मन अटो जाइन्ट डेमलरसँगको सहकार्यमा फोटोनले ठूला सवारी उत्पादन गर्दै आएको छ भने इन्जिनको लागि कमिन्स्सँग सहकार्य गरेको छ । यसले डिजेल इन्जिनमा फोटोनका गाडीहरु निकै शक्तिशाली रहेका छन् ।

यस्तो छ टुनल्यान्ड एम्बुलेन्स

राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार अब फोर व्हील ड्राइभ, पावर स्टेरिङ्ग, सस्पेन्सन चेन सिस्टमको एम्बुलेन्स मात्र संचालन गर्न पाउनेछन्, त्यसमा टुनल्यान्ड एम्बुलेन्स सबै मापदण्ड पुरा गर्ने कम्पनिले जनाएको छ। एम्बुलेन्स भित्र एउटा विरामीका लागि आवश्यक सम्पूर्ण मेडिकल पूर्वाधारहरु उपलब्ध रहेको र जसका कारण बिरामीलाई अस्पताल लैजाँदा वा ल्याउँदा निकै सहज हुने कम्पनीले बताएको छ । साथै अस्पतालहरुको आवश्यकताअनुसार एम्बुलेन्समा आवश्यक थप पूर्वाधारसहित सुविधायुक्त बनाउन समेत सकिने कम्पनीले बताएको छ । टुनल्यान्ड एम्बुलेन्समा २.८ लिटर क्षमताको डिजेल इन्जिन दिएको छ । उक्त यन्जिनले १२०
किलोवाट पावर प्रदान गर्ने छ भने अधिकतम टर्क ३६० एनएम रहेको छ । फोर वाई फोर सिस्टम जडान भएको यो पीकअप विश्वका १४० भन्दा बढी देशमा बिक्री वितरण हुँदै आएको छ । यसमा २१० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । अधिकत १५० किलोमिटर प्रतिघन्टाको रफ्तारमा कुद्न सक्ने यो पीकअपमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री