शुक्रबार, १४ वैशाख २०८१

प्रिमियर इन्स्योरेन्सको लाभांश घाेषणा

समयपोष्ट २०७८ मंसिर ५ गते ११:२६

 

Advertisement

 

प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनश शेयर र कर प्रयोजन समेत गरी ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछ।

उक्त बोनश शेयर वितरणपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब १५ करोड ५१ लाख ५२ हजार रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री