शुक्रबार, ४ जेठ २०८१

ज्योति लाईफको वैदेशिक रोजगार म्यादी जीवन बीमा अब थप प्रविधि मैत्री

समयपोष्ट २०७८ मंसिर १ गते २०:४०

Advertisement

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वैदेशिक रोजगार म्यादी जीवन बीमा मोबाइल मार्फत खल्ती डिजिटल वालेट एपबाट भुक्तानी गर्न सकिने भएको छ ।

ज्योति लाईफले गत बर्ष देखि दिँदै आएको र सो सुविधालाई थप विस्तार गर्दै खल्ती डिजिटल वालेटसंगको सहकार्यमा मोबाइलबाट नै बीमा शुल्क भुक्तानी गर्ने व्यवस्था सुचारु गरेको हो ।

बीमालेख जारी गर्न खल्तीको वेबसाईट वा मोबाईल एप बाट Popular Government Services मा गई DOFE Insurance छानेर DOFE Insurance (Manpower) वा DOFE Insurance (Individual) रोजेर विवरणहरु भरी जारी गर्न सकिने कम्पनीले जनाएको छ ।

ISO 9001:2015 गुणस्तर चिन्ह प्रमाण पत्र प्राप्त यस कम्पनीले सुचारु गरेको यस सेवा मार्फत सेवाग्राहीले काउन्टरमा गई बीमाशुल्क भुक्तानी गर्ने झन्झटबाट मुक्त भई सम्पूर्ण वीमितहरुको समयको बचत हुने कुरामा कम्पनी विश्वस्त रहेको कुरा कम्पनीका कार्यकारी प्रमुख प्रकाश विक्रम खत्रीले जानकारी गराउनु भयो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री