शुक्रबार, ४ जेठ २०८१

९.७९ प्रतिशतले बढ्यो प्राइम लाइफको खुद बीमा शुल्क

समयपोष्ट २०७८ मंसिर १ गते १४:५४

Advertisement

प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ९.७९ प्रतिशतले बढी हो ।

गत वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले १ अर्ब ६ करोड ५७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको खुद नाफा भने १.४९ प्रतिशतले बढेर १२ करोड २५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले १२ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी २ अर्ब ४१ करोड ७० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८० करोड २९ लाख रुपैयाँ, जीवन बीमा कोषमा १५ अर्ब ७२ लाख रुपैयाँ र महाविपत्ति कोषमा १६ करोड ७४ लाख रुपैयाँ सञ्चित छ ।

Advertisement

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २० रुपैयाँ २८ पैसा, प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ १५ पैसा र मूल्य आम्दानी अनुपात ४१.३१ गुणा रहेको छ ।

कम्पनीले यस अवधिमा कुल १ अर्ब १८ करोड ३३ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले १ हजार १३८ वटा दाबी बापत २७ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ५९ वटा दाबी बापत १ करोड ६० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री