शुक्रबार, ४ जेठ २०८१

१०.८८ प्रतिशतले बढ्यो सगरमाथा इन्स्योरेन्सको खुद नाफा

समयपोष्ट २०७८ मंसिर १ गते १४:५२

Advertisement

सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १०.८८ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क पनि १०.०७ प्रतिशतले बढेर ३९ करोड ४२ लाख रपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३५ करोड ८१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

Advertisement

यस्तै, कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन आयबाट ९ करोड ५९ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्यबाट ३ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब ११ करोड १३ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ५० करोड ६२ लाख रुपैयाँ, बीमा कोषमा एक अर्ब ८ करोड १३ लाख रुपैयाँ र महाविपत्ती कोषमा १० करोड २५ लाख रुपैयाँ सञ्चित छ ।

इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी २२ रुपैयाँ २१ पैसा, प्रतिशेयर नेटवर्थ २५२ रुपैयाँ ३१ पैसा र मूल्य आम्दानी अनुपात ५८.३१ गुणा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री