शुक्रबार, ४ जेठ २०८१

प्रुडेन्सियल इन्स्योरेन्सको खुद नाफा ३ करोड ६५ लाख

समयपोष्ट २०७८ कार्तिक ३० गते १५:४०

Advertisement

प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १०.३२ प्रतिशतले कम हो।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ४ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस्तै कम्पनीको खुद बीमाशुल्क पनि १३.४७ प्रतिशतले घटेर १२ करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले १४ करोड २६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरको थियो।

Advertisement

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले पुनर्बीमा कमिशनबाट ३ करोड ९३ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ७६ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी एक अर्ब १० करोड ८५ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा २८ करोड ६६ लाख रुपैयाँ, बीमा कोषमा ५५ करोड ५१ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा १ करोड ८२ लाख रुपैयाँ सञ्चित छ।

यस अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १३ रुपैयाँ १७ पैसा, प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ५९ पैसा र मूल्य आम्दानी अनुपात ५२.७६ गुणा छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री