भैलो खेल्न गएका कलाकार चढेको बस पल्टियो, ३२ जना घाइते

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान मकवानपुरका कलाकार चढेको बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

Advertisement

मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–४ अजिङ्गरेमा भैलो खेलेर हेटौंडातर्फ फर्किने क्रममा बागमती प्रदेश ०३–००१ ख १३०९ न.को बस अनियन्त्रित भइ सडक छेउमा पल्टिएको हो ।

दुर्घटनामा घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते हुनेमा मकवानपुर हेटौडा उपमहानगरपालिका–५ सानोपोखरा बस्ने बर्ष ४० की निरु खड्का रहेकी छिन् ।

उनको टाउकोमा चोट लागेको, सोही वडाको मनकामना चोक बस्ने वर्ष ४९ को बेल बहादुर लोको हात र अनुहारमा चोट लागेको , राक्सिराङ गाउँपालिका–३ बस्ने वर्ष ४२ को रविन कुमार चेपाङको छातिमा चोट लागेको, हेटौंडा–११ नवलपुर बस्ने वर्ष ३६ कि सम्झना बिष्टको टाउकोमा चोट लागेकोले थप उपचारका लागि र अवस्था गम्भीर रहेकाले थप उपचारको लागि चितवन रिफर गरिएको छ ।

Advertisement

त्यस्तै हेटौंडा–५ पिप्ले बस्ने वर्ष ४८ कि लक्ष्मी तिमिल्सिना, हेटौंडा–१८ ठुलोदमार बस्ने वर्ष २१ को बिशाल श्रेष्ठ, मनहरी गाउँपलिका–६ बस्ने वर्ष ४० को संच बहादुर थिङ, बागमती–६ बस्ने वर्ष ४२ को बाबुराम बम्जन, भिमफेदी–१ सानोटार बस्ने वर्ष १८ को रविन तामाङ, सोही स्थान बस्ने वर्ष २० को संजिव थिङ, हेटौडा–१२ पदमपोखरी बस्ने वर्ष २० को रोशन घलान, हेटौंडा–५ बस्ने वर्ष २१ की कोपिला राई, थाहा नगरपालिका–७ बस्ने वर्ष ३६ को काजिमान गोले, धादिङ गंगाजमुना गाउँपालिका–७ बस्ने वर्ष २८ को श्याम बिसी, चितवनको भरतपुर महानगरपालिका–२ बस्ने वर्ष २९ को रविन ढकाल, भरतपुर–१ बस्ने वर्ष ४५ को रोशन खड्का सामान्य घाइते भएकाले हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै हेटौडा–६ बस्ने वर्ष २१ की रुपा राई, मनहरी–९ खरङ्गा बस्ने बर्ष २२ को काजल मोक्तान, हेटौंडा–४ चिसापानी बस्ने वर्ष १९ कि संगिता गोले, सोही ठाउँ बस्ने वर्ष २८ को अमित चौधरीको हेटौंडाको सन्चो हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटना पछि बसका चालक फरार भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री