शुक्रबार, १४ वैशाख २०८१

थप १४ सय ७४ जनामा कोरोना, १५ सय नाघे मृतक

समयपोष्ट २०७७ मंसिर १५ गते १६:४६

Advertisement

पछिल्लो २४ घन्टामा थप १४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ९ सय ११ पीसीआर परीक्षण गर्दा १४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १९ सय ३१ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख १४ हजार ५ सय २१ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय २३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ०८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री