आइतबार, २३ वैशाख २०८१

पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई जन्मकैद

समयपोष्ट २०८१ वैशाख १३ गते १९:४२

Advertisement

कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ ।

बिहीबार रौतहट जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो ।

न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको अदालतका स्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए ।

उनलाई विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा दोषी ठहर गरेको हो ।रौतहटको राजपुर बम काण्डमा आलम पुर्पक्षका लागि थुनामा रहँदै आएका थिए । पहिलो संविधानसभा निर्वाचनताका बम बनाउने क्रममा पड्केर घाइते भएका पाँच जनालाई इटाभट्टामा हालेर आलमले निर्ममतापूर्वक हत्या गरेका थिए ।

Advertisement

सो मुद्दामा उनलाई प्रहरीले ०७६ असोजमा पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री