शनिबार, १५ वैशाख २०८१

प्राइम लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७७ मंसिर १४ गते ११:३६

Advertisement

प्राइम लाइफ इन्स्योरेन्सले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

मंसिर १२ गते शुक्रबार बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट आर्थिक वर्ष २०७५/७६ को लागि हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने छ ।

यस अनुसार इन्स्योरेन्सले १५ करोड ८१ लाख २५ हजार २२६ रुपैयाँ बराबरको बोनस शेयर र १८ करोड ७ लाख १४ हजार ५४४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ। बीमा समितिको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री