शनिबार, ८ वैशाख २०८१

उद्योग वाणिज्य महासङ्घको निर्वाचन गर्न बाटो खुला

समयपोष्ट २०७७ मंसिर ११ गते २१:३५

Advertisement

सर्वाेच्च अदालतले नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचन गर्न बाटो खुला गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले निर्वाचन रोक्न माग गर्दै दायर रिट निवेदनमाथिको सुनुवाइपछि अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घको प्रदेश नं २ नम्बरका अध्यक्ष शिवशङ्कर शाहले महासङ्घको निर्वाचन अवैधानिक भएकाले निर्वाचन रोक्न माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो । गत चैतमा हुने अधिवेशन कोभिडका कारण सरकारले ११ गतेदेखि गरेको बन्दाबन्दीका कारण स्थगित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री