बिहीबार, ६ वैशाख २०८१

युनाइटेड हाइड्रोपावरको आईपीओ खुल्यो

समयपोष्ट २०७७ मंसिर ३ गते १२:३३

Advertisement

युनाइटेड इदी–मार्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले आजबाट आईपिओ जारी गरेको छ ।

कम्पनीले बुधबारदेखि स्थनीयमा बिक्री नभएको शेयर समेत थप गरी दोस्रो चरणमा ८ लाख ७३ हजार ९ सय १० कित्ता आईपिओ बिक्रीमा ल्याएको हो ।

यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुकाको लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो । सोमध्ये बिक्री नभएको २ लाख ४३ हजार ९ सय १० कित्तासहित कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । निष्काशन गरिने कुल सेयरमध्ये ४३ हजार ६ सय ९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ ।

सर्वसाधारण लगानीकर्ताले बाँकी ८ लाख १२ हजार ७ सय ३६ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। । कम्पनीले निष्काशन गर्न लागेको आइपीओमा सर्वसाधारणले छिटोमा मंसीर ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आइपीओमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि १० हजार कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री