शुक्रबार, १४ वैशाख २०८१

यौन सम्पर्क राख्न प्रस्ताव गर्ने डाक्टरलाई यी नर्सले टुक्रा टुक्रा पारेर काटिन्,त्यसपछि पकाएर ट्वाईलेटमा हालिदिईन्

समयपोष्ट २०७७ कार्तिक २६ गते १२:५८

Advertisement

यौन सम्पर्क राख्न बाध्य पारेको रिसमा सहकर्मी डाक्टरलाई एक नर्सले काटेर टुक्राटुक्रा पारेकी छिन् ।

यो घटना चीनको एक अस्पतालको हो । समाचारमा बताईएअनुसार नर्स ली फेङपिङलाई जुवा खेल्ने लत लागेको थियो। त्यसैका लागि उनले सहकर्मी ती डाक्टरसँग पैसा सापट लिएकी थिइन्। त्यही तिर्न नसकेपछि ती डाक्टरले उनीसंग सातामा तीन पटक शारिरिक सम्बन्ध राख्न बाध्य बनाएको नर्सले बयानमा भनेकी छिन् । डाक्टरको उक्त प्रस्ताव मन नपरेपछि उनले डाक्टरको हत्या गरेको बताईएको छ ।

चीनको युलिन पिपल्स अस्पतालका अर्थोपेडिक्स उपप्रमुख लुओ युआनजियानलाई मारेको मुद्दामा २५ वर्षीया नर्स ली फेङपिङलाई मृत्युदण्डको सजाय सुनाइएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

चिनियाँ प्रहरीका अनुसार नर्स लीले डाक्टरको हत्या गरी शरीरका केही अंगलाई पकाएर ट्वाइलेटमा हालेको बताईएको छ। प्रहरीले लीको घरबाट डाक्टरको टुक्राटुक्रा पारेको शव निकालेको थियो।

उक्त कसुरमा नर्स लीलाई मृत्युदण्डको सजायका साथै ११ हजार पाउन्ड जरिवानासमेतको फैसला भएको राज्य सञ्चालित पत्रिका सोहुले उल्लेख गरेको छ। तर मृत्युदण्ड कहिले दिइन्छ, स्पष्ट भइसकेको छैन।

घटना उनीहरू कार्यरत युलिन पिपल्स अस्पतालपछाडि रहेको ती नर्स बस्ने भाडाको घरमा गत मार्च २३ तारिखमा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री