बुधबार, १२ वैशाख २०८१

चाणक्यका अनुसार विवाह गर्दा यस्ता स्त्री रोज्नुहोस्

समयपोष्ट २०७७ कार्तिक २४ गते २१:२३

Advertisement

चाणक्य नीतिमा कस्तो महिलासँग विवाह गर्दा उत्तम हुन्छ भन्ने बारे बताईएको छ ।

उक्त नीतिमा आचार्य चाणक्यले महिलाहरुको स्वभाव,उनीहरुको सोच, ब्यवहारका बारे बिचार गरेर विवाह गर्नुपर्ने बताएका छन् । चाणक्य भन्छन्,’ महिलामाथि चाँडो विश्वास गर्नु हुँदैन । महिलाले कुनै पनि कुरा लामोसमयसम्म मनमा राख्न सक्दैनन ।’

वरयेत् कुलजां प्राज्ञो विरुपामपि कन्यकाम् ।
रुपशीलां न नीचस्य विवाहः सदशे कुले ।’

श्लोकमा आचार्य चाणक्यले स्त्रीको सुन्दरतालाई गौण मानेका छन् । यदि कुनै पुरुष स्त्रीको सुन्दरता देखेर विवाह गरेमा पुरुषको गल्ती हुने बताएका छन् । साथै उनले त्यस्ता पुरुषलाई मूर्खको संज्ञा दिएका छन् ।

विवाहको लागि स्त्रीको संस्कार, स्वभाव, लक्षण र गुण– अवगुणको बारेमा जानकारी लिनु पर्ने चाणक्य बताउछन् । अन्यथा सुन्दरताका नाममा गलत स्त्रीको छनौटबाट परिवारमा दुःख आउन सक्ने उनको तर्क छ ।

राम्रो संस्कार भएको स्त्रीको कारण घर स्वर्ग जस्तै हुने र पूरै परिवारको रेखदेख हुने चाणक्य बताउछन् । नराम्रो संस्कार भएका महिलाको कारण घर बिग्रन सक्ने खतरा समेत हुने सक्ने उनको धारणा छ ।

चाणक्य भन्छन्,’ स्त्री सुन्दर नभएपनि राम्रो संस्कारको स्त्री भएमा परिवारको भविष्य सुन्दर हुन्छ । धर्ममा विश्वास नगर्ने महिलाले परिवार सम्बन्धमा पनि अविश्वास गर्ने सम्भावना रहन्छ । त्यस्ता स्वभाव भएका स्त्रीबाट परिवार बिग्रने खतरा हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री