शुक्रबार, १४ वैशाख २०८१

उत्तर कोरियाद्वारा पुन :मिसाइल परीक्षण,जापान र अमेरिकाले दिए यस्तो प्रतिक्रया

समयपोष्ट २०७४ मंसिर १३ गते ५:३७

उत्तर कोरियाले  पुन :लामो दुरीको व्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । अमेरिकाको रक्षा मन्त्रालयको प्रारम्भिक मूल्यांकन अनुसार यो एक अन्तर महाद्वीपीय व्यालेस्टिक मिसाइल हो ।दक्षिण कोरियाको समाचार एजेन्सी योनहापका अनुसार दक्षिणी प्योंगान प्रान्तको प्योंगयाङ्गबाट मिसाइल हानिएको थियो । सो मिसाइल एक हजार किलोमिटरको दुरी पार गर्दै जापान सागरमा खसेको दावी गरिएको छ । 

Advertisement

मिसाइल कति टाढासम्म पुग्यो र यो जापानको माथिबाट उडेर गयो कि गएन भन्ने कुरा अझै स्पष्ट भईनसकेको बिबिसीले जनाएको छ । उत्तर कोरियाले  मिसाइल परीक्षण गरेसंगै जापानी प्रधानमन्त्री शिन्जो आबेले मन्त्रीमण्डलको आपतकालीन बैठक बोलाएका छन् । जापानी सरकारका प्रवक्ता योशीहिडे सुगाले भने, ‘उत्तर कोरियाको पश्चिम तटबाट ब्यालेस्टिक मिसाइल प्रहार गरिएको छ र यो हाम्रो विश्व आर्थिक क्षेत्रमा खसेको छ । यसको हामी जोडदार विरोध गर्दछौं ।’

यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै भनेका छन् , ‘सायद तपाईंले सुन्नु भएको होला र केहीले रिपोर्ट पनि दिएका छन्, केही समय अघि उत्तर कोरियाबाट मिसाइल हानिएको छ । हामी केबल यत्तिमात्रै भन्न चाहान्छौं कि हामी यसको ध्यान राख्ने छौं । मेरो साथमा रक्षामन्त्री मेटिस पनि हुनुहुन्थ्यो । यसबारे हाम्रो लामो कुराकानी भयो । यो एक यस्तो स्थिति हो जसलाई हामी सम्हाल्न सक्छौं ।’

अमेरिकी रक्षामन्त्री जेम्स मेटिसले उत्तर कोरियाको यस कदमले विश्व नै खतरामा परेको प्रतिक्रया दिए । 

एजेन्सी

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री