बुधबार, १२ वैशाख २०८१

शेयर बजार १०.१२ अंकले बढ्यो

समयपोष्ट २०७४ मंसिर १२ गते ९:५३

मंगलबार नेप्से परिसुचक १०.१२ अंकले बढेर १५२३.८६ अंकमा उक्लिएको छ । आज १६३ कम्पनीका नौ लाख ९९ हजार कित्ता शेयर  ५७ करोड २१ लाख रुपैयाँ बराबरमा किनबेच भएका छन्

Advertisement

उपसूचक मिस्रित देखिएका छन्। कारोबारमा आएका सात समूह बढेका छन् भने ट्रेडिङमा कुनै परिबर्तन भएन। बैंक ०.४१, होटल १.४६, विकास बैंक ०.१६, जलबिद्युत १.६१, फाइनान्स ०.१, अन्य ४.०३ र लघुवित्त ०.७७ प्रतिशतले बढेका छन्। बीमा ०.१८ र उत्पादनमूलक ०.६३ प्रतिशतले घटेको छ। 

 

मिसन डेभलपमेन्ट बैंकका शेयरधनीले सबैभन्दा बढी आठ प्रतिशत कमाएका छन्। कुबेर मर्चेन्ट फाइनान्सका शेयरधनीले चार प्रतिशत गुमाएका छन्।

।  मंगलबार सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनीको चार करोड २३ लाख रुपैयाँको शेयर किनबेच भएको छ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री