बिहीबार, २७ वैशाख २०८१

डिप्रोक्स लघुवित्त विकास बैंकले गतबर्षको कमाईबाट ३१ प्रतिशत लाभांश वितरण गर्ने

समयपोष्ट २०७४ मंसिर १२ गते ७:१४

डिप्रोक्स लघुवित्त विकास बैंकले गतबर्षको कमाईबाट ३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले १६ प्रतिशत बोनस सेयर तथा १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Advertisement

कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तालाई वितरण गरिनेछ ।

अघिल्लो बर्ष ३५ प्रतिशत बोनस तथा १७.६३ प्रतिशत नगद लाभांश गरि ५२.७३ प्रतिशत लाभांश वितरण गरेको थियाे । लघुवित्त कम्पनीले अघिल्लाे बर्षकाे तुलनामा १९ प्रतिशत बाेनस र २.६३ प्रतिशत नगद लाभांश गत बर्ष घटाएको हाे ।

हाल कम्पनीको ६० करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । बोनसपछि बैंकको चुक्ता पूँजी ७० करोड ३१ लाख रुपैयाँ पुग्नेछ । गत बर्ष कम्पनीले २६ करोड खुद नाफा कमाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री