मंगलबार, ११ वैशाख २०८१

सीमापारि: ‘मर्निङ वाक गर्न यतातिर ?’ ‘यता धूलो उडदैन, पिच पनि हेर्न पाइन्छ’

समयपोष्ट २०७४ मंसिर १२ गते २:५३

‘मर्निङ वाक गर्न यतातिर ?’ शिवचन्द्र चौधरीले प्रश्नभन्दा आश्चर्यजनक उत्तर दिए, ‘यता धूलो उडदैन, पिच पनि हेर्न पाइन्छ ।’ सीमावर्ती भारतीय बजार सोनबर्सामा एकाबिहानै दौडिइरहेका सर्लाही मलंगवाका चौधरीको भनाइमा वास्तविकता र व्यंग्य दुवै थियो ।

Advertisement

उनले थपे, ‘हामीकहाँ भएको पिच खाइसके । फेरि बनाउन वर्षौं झुलाइसके । भारततिर नआएर के गर्ने ? यता फराकिलो पक्की सडक भएकाले पैदलयात्रा गर्न सहज छ ।’ 

उनको कुरा सुनिरहेका सोनबर्साका भारतीय नागरिक रामविनय प्रसादले समर्थन जनाउँदै भने, ‘दस वर्षअघिसम्म पिच सडक हेर्न हामी नेपालतर्फ जान्थ्यौं ।
 

‘१० वर्षअघिसम्म पिच सडक हेर्न हामी नेपालतर्फ जान्थ्यौं, अहिले ठीक उल्टो भयो, नेपाली यता आउँछन् । नेपालका सडक भत्केर खत्तम भइसके । यता एकदम राम्रा र फराकिला पक्की सडक छन् ।’

अहिले ठीक उल्टो भयो । नेपालका सडक भत्केर खत्तम भइसके । यता एकदम राम्रो र फराकिला पक्की सडक छन् । नेपाली दाजुभाइ मर्निङ वाक गर्न आएको देख्दा आफ्नो विगत याद आउँछ ।’ आजको कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री