बुधबार, १२ वैशाख २०८१

निर्वाचनपछि कांग्रेस सबैभन्दा ठूलो दल : शशांक

समयपोष्ट २०७४ मंसिर ११ गते ७:१४

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आगामी निर्वाचनपछि कांग्रेस सबैभन्दा ठूलो दल बन्ने बताएका छन् । रिपोर्टस क्लब नेपालले गरेको चुनावी बहसका क्रममा महामन्त्री कोइरालाले पार्टीभित्र एकताको सन्देश गएकाले पनि चुनावमा कांग्रेसका उम्मेदवारहरुले जित्ने दाबी गरे । 

Advertisement

  कोइरालाले शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई मिलाएर आफू प्रधानमन्त्री बन्ने सम्भावना बढी रहेको दावी समेत  गरे । उनले आफू उम्मेदवार बनेको जिल्लामा रंगशाला, सिँचाई, तटबन्ध, बाटोघाटो, अस्पताल जस्ता क्षेत्रको पूर्वाधार निर्माणमा  प्रतिवद्ध रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री