शुक्रबार, १४ वैशाख २०८१

नेप्से ३.०८ अंकले बढ्यो

समयपोष्ट २०७४ मंसिर ५ गते ९:२५

मंगलबार नेप्से ३.०८ अंकले बढेर १४७२.२४ विन्दुमा पुगेको छ । यसदिन १ सय ५९ कम्पनीका ८४ लाख कित्ता सेयर ३५ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । 
आज नागबेली लघुबित्त बिकास बैंकको संस्थापक सेयर सबैभन्दा बढी किनबेच भएको छ । यसदिन उपसुचकहरु मिश्रित देखिएका छन् । 
आज बाणिज्य बैंक समुह ५.४९, ब्यापार समुह १५.६२, होटल समुह ९.०५,जलबिद्युत समुह ६.६५,बिमा १४.९५ र लघुबित्त समुह ३.२९ अंकले बढेका छन् । त्यसैगरी बिकास बैंक समुह ३.२३ फाईनान्स २.२९,उत्पादनमुलक समुह १४.९४ र अन्य समुह उपसुचक ५.५ अंकले घटेका छन् ।  

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री