शुक्रबार, १६ चैत २०८०

उम्मेदवारहरुमाथि आक्रमण गर्नेलाई कडा कारवाही गर्ने प्रधानमन्त्रीको चेतावनी

समयपोष्ट २०७४ मंसिर ३ गते ५:५५

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन अभियानका क्रममा उम्मेदवारहरुमाथि आक्रमण प्रयास गर्नेहरुलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन् । चुनावी प्रचार अभियानका क्रममा आईतबार विहान गृहजिल्ला डडेलधुरामा स्थानीय संचारकर्मीसंग कुरा गर्दै उनले निर्वाचनमा खटिएका उम्मेदवारहरुमाथि आक्रमण प्रयास भईरहेकोप्रति घोर निन्दा र भत्सर्ना गर्दै दोषीमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका हुन् । 

Advertisement

उनले निर्वाचन विरोधी गतिविधि दोेहोरिन नदिने दृढता ब्यक्त गर्दै सुरक्षा निकायसँग तत्काल बैठक बसेर निर्वाचन विरोधी गतिविधि हुन नदिने गरी उच्च सुरक्षा सतर्कता अपनाउने स्पष्ट पारे ।

प्रधानमन्त्री देउवाले काठमाडौं आउने वित्तिकै सुरक्षा परिषदको बैठक बसेर सुरक्षा व्यवस्थालाई अझै सुदृढ बनाउने पनि उल्लेख गरे । प्रधानमन्त्री देउवाले निर्वाचन विरोधी गतिविधिलाई निष्तेज पार्न सरकारले चार वटै सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन सचेत गराईएको पनि स्मरण गराए ।

गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका देउवा  सोमबार काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री