शुक्रबार, १४ वैशाख २०८१

नेपाल बैंक लिमिटेडको वित्तीय बिवरण यस्तो आयो

समयपोष्ट २०७४ कार्तिक २७ गते ४:५०

नेपाल बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनीक गरेको छ । विवरण अनुसार बैंकले ९८ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब १६ करोड ६० लाख ४ हजार रुपैंया खुद नाफा कमाएको थियो । पोहोरभन्दा नाफा १६ प्रतिशतले कम हो।  बैंकले 

Advertisement

 खुद ब्याज आम्दानी एक अर्ब ३९ करोड रुपैयाँ गरेको छ। गत बर्षको यसै अवधीमा बैंकको  खुद ब्याज आम्दानी एक अर्ब १७ करोड रुपैयाँ थियो। बैंकले ९२ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब ६९ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकले गत बर्ष ८६ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी ६६ अर्ब तीन करोड रुपैयाँ ऋण लगानी थियो। 

बैंकले पहिलो तीन महिनामा २९ करोड २९ लाख रुपैयाँ राइट व्याक गरेको थियो। बैंकको गत वर्षको भन्दा नाफा घट्नुको कारण नन अपरेटिङ आम्दानी १५१ प्रतिशतले घटेर ४७ करोड ३० लाख रुपैयाँमा सीमित हुनु पनि हो। बैंकको कर्मचारी खर्च ६१ करोड २३ लाख रुपैयाँ छ। 

बैंकको चुक्ता पूँजी आठ अर्ब चार करोड रुपैयाँ छ भने जगेडा कोषमा चार अर्ब ७५ करोड रुपैयाँ जम्मा भएको छ। बैंकको पूँजी कोष अनुपात ४.४७ प्रतिशतले बढेर १६.५९ प्रतिशत पुगेको छ। खराब कर्जा पनि ०.३० प्रतिशतले बढेर ३.४२ प्रतिशत पुगेको छ। बैंकको प्रति शेयर आम्दानी ४८ रुपैयाँ छ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री