बिहीबार, १३ वैशाख २०८१

सिंहदरबार नजिक ट्याक्सीले मोटरसाईकललाई ठक्कर दियो, चालकको मृत्यु

समयपोष्ट २०७४ कार्तिक २६ गते ८:०१

ट्याक्सीको ठक्करबाट एक जना मोटरसाइकल चालकको आज बिहान मृत्यु भएको छ । सिंहदरबार चोक नजिक बा २ ज २३४४ नंको ट्याक्सीले ठक्कर दिँदा बा ३३ प ७४३ नं को मोटरसाइकल चालक धादिङ रुबीभ्यालीका २१ वर्षीय रुप घलेको मृत्यु भएको हो । 
ठक्कर दिँदा घाइते भएका घलेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएको महागरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक उमेश रञ्जितकारले जानकारी दिए ।  ट्याक्सीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । रासस

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री