अबकाे दशक समृद्धिकाे नेतृत्व गर्न चाहन्छु : अध्यक्ष प्रचण्ड
माअाेवादी केन्द्रका अध्यक्ष एवं चितवन-३ का उम्मेद्वार प्रचण्डले अबकाे दशकमा अाफूले समृद्धिकाे नेतृत्व गर्न चाहेकाे बताएका छन् ।
अाइतबार बिहान चितवनकाे मंगलपुर र फूर्तिचाेकमा अायाेजित चुनावी काेण सभालाई सम्बाेधन गर्दै अध्यक्ष प्रचण्डले भने, "मैले एक दशक क्रान्तिकाे तयारीमा लगाएँ, एक दशक जनयुद्ध र गणतन्त्रकाे स्थापनामा बित्याे, पछिल्लाे दशक शान्ति प्रक्रिया र संविधान निर्माणमा बिताएँ। अबकाे दशक समृद्धिकाे नेतृत्व गर्न चाहन्छु, अबकाे युग विकास र समृद्धिकाे युग हाे। समाजवादका लागि समृद्धि बाहेक अब हाम्राे अर्काे सपना छैन।"
"बामपन्थीहरु मिल्दा काेही पनि अात्तिन जरुरी छैन, विचार मिल्नेहरु एक ठाउँमा अाउनु राम्राे हुने ठानेर नै माअाेवादी र एमालेबीच एकता हुँदैछ" प्रचण्डले भने, "कांग्रेसका मित्रहरु तपाईहरुले पनि विचार मिल्नेहरुलाई एक ठाउँमा ल्याउनुस्। हाम्राे लाेकतन्त्रप्रतिकाे प्रतिवद्दता कमजाेर छैन। हामी लाेकतन्त्रकै अभ्यासमा अघि बढिरहेका छाैं। कांग्रेसका साथीहरु अात्तिन जरुरी छैन, देशकाे समृद्धि, राजनीतिक स्थीरताका लागि भाेलि पनि कम्युनिष्ट कांग्रेसबीच सहकार्य हुन्छ। स्वस्थ प्रतिस्पर्धा हाम्राे संकल्प हाे।"
काेण सभामा एमाले नेता देवी ज्ञवाली, राप्रपाका पूर्व जिल्ला अध्यक्ष बद्री तिमिल्सिना, प्रदेश सभाका उम्मेदवार कृष्ण भूर्तेल, बाम बुद्धिजीवी प्रेम रिमाल लगायतले सम्बाेधन गरेका थिए । घरदैलाेका क्रममा स्थानीयले प्रचण्डलाई भव्य स्वागत गरेका थिए।


























प्रतिक्रिया