शुक्रबार, १४ वैशाख २०८१

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगि गर्ने महिला पक्राउ

समयपोष्ट २०७४ कार्तिक २४ गते ६:२७

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा असुल गर्ने एक महिलालाई दाङमा प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहका अनुसार रोल्पा स्थायी घर भई हाल घोराही उपमहानगरपालिका–१५ जानकी टोल बस्ने २३ वर्षीया जानकी वली पक्राउ परेकी हुन् ।

दङ्गीशरण गाउँपालिका–७ की २० वर्षीया अनिता योगी र सोही ठाउँका २१ वर्षीय विजयराज विकबाट प्रतिव्यक्ति रु एक लाख ५० हजार लिई ठगी गरेको भन्ने प्रहरीमा जाहेरी आएपछि वली बिहीबार पक्राउ परेको हो ।

वलीविरुद्ध ठगी मुद्दा दर्ता गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री