बिहीबार, १५ चैत २०८०

उत्तर कोरियालाई परमाणु निरस्त्रीकरणमा मनाउन थप मिहेनत गर्न चिनलाई अमेरिकाको आग्रह

समयपोष्ट २०७४ कार्तिक २४ गते ४:५१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीच पछिल्लो समय विकसित मित्रत्राको प्रसंशा गरेका छन् ।  अमेरिकी राष्ट्रपति तथा अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आयोजित भोजमा सहभागी भोजमा ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनपिङलाई ‘टोस्ट’ दिँदै भने, “हामीबीचको सम्बन्ध आगामी दिनमा थप मजबुत बन्दै जानेछ ।” 
चिनियाँ परम्परागत शैलीका सामग्रीले सजाइएको गोल्डेन हलमा भएको भोजमा निकै प्रफुल्ल मुद्रामा उपस्थित अमेरिकी राष्ट्रपति र प्रथम महिलालाई गत फेब्रुवरीमा अमेरिकाको फ्लोरिडामा चीनका राष्ट्रपतिलाई गरिएको सम्मानको भिडियो पृष्ठभूमिमा देखाइएको थियो । 
त्यसैगरी चिनियाँ राष्ट्रपति सीले पनि आफ्ना अमेरिकी समकक्षीलाई टोस्ट दिँदै चीन र अमेरिकाबीचको सम्बन्ध आजका दिनसम्म आइपुग्दा निकै मित्रवत बनेको बताए ।  सो अवसरमा सीले दुई देशले “सीमित चुनौति र विकासका लागि अनन्त सम्भावना” सामना गरिरहेका बताए । 
समारोहमा उपस्थित अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले भने, “चीनसँग व्यापार सम्झौताका बिषयमा भएका छलफलले दुई मुलुकबीचको भिन्नतालाई निकै साँघुरिएको छ ।” टिलरसनले राष्ट्रपतिको चीन भ्रमणको दोस्रो अर्थात् अन्तिम दिन अझै धेरै काम गर्न बाँकी रहेको छ । 
यसपहिले अमेरिकी राष्ट्रपति ट्रम्पले चीन र अमेरिकाबीच असमान व्यापार अभ्यास भइरहेको र यसले अमेरिकाले चीनसँगे व्यापार घाटा व्यहोर्नूपरेको बताएका थिए ।  तर व्यापारमा चीनले गरेको नाफाबारे धेरैलाई अचम्म पार्दै ट्रम्पले त्यसमा चीन दोषी नभएको बताए र भने,“आफ्ना नागरिकको हितका निम्ति कुनै देशले अर्को देशसंग फाइदा लिनुलाई खराब भन्न मिल्दैन । ” 
यसमा विगतका अमेरिकी प्रशासनहरु नै चीनसँगको एक पक्षीय र पक्षपातपूर्ण व्यापार सम्बन्धका निम्ति जिम्मेवार रहेको ट्रम्पको दावी थियो । ट्रम्पले चीन भ्रमणका क्रममा राष्ट्रपति सीलाई उत्तर कोरियालाई परमाणु निरस्त्रीकरणमा मनाउन थप मिहेनत गर्न पनि अनुरोध गरेका  छन् ।
रासस/एपी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री