शनिबार, ८ कार्तिक २०८२

अर्घाखाँचीबाट बुटवल जाँदै गरेको गाडी दुर्घटना

समयपोष्ट २०८२ कार्तिक ८ गते १२:०५

Advertisement

अर्घाखाँचीबाट बुटबल जाँदै गरेको गाडी दुर्घटना भएको छ ।

छत्रगंजबाट बुटवलका लागि छुटेको लु१ज ५४५२ नम्बरको फोर्स गाडी अर्घाखाँचीकै छत्रदेव गाउँपालिका-५ डाँडाचौपारीमा दुर्घटना भएको हो ।

गाडी सडकमै पल्टिएको थियो । दुर्घटनामा ९ जना घाइते भएका छन् ।

उनीहरुलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटना भएको गाडी सडकमै छ । गाडि हटाएर सडक सञ्चालनका लागि प्रहरी टोली खटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री