बिहीबार, १५ चैत २०८०

अलराउन्ड बचत तथा ऋण सहकारी सस्थाको ८ औं साधारण सभा सम्पन्न

समयपोष्ट २०७४ कार्तिक १८ गते ११:०३

अलराउन्ड बचत तथा ऋण सहकारी सस्थाको ८ औं साधारण सभा सम्पन्न भएको छ ।

Advertisement

सस्थाको शनिवार राजधानिमा सम्पन्न साधारण सभाले गत बर्षको मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत मुनाफा बितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । यस्तै साधारण सभाले अध्यक्षको प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदन पारित गर्दै दिपकराज रेग्मीको अध्यक्षता नयाँ सञ्चालक समिति पनि निर्वाचित गरेको छ । 

साधारण सभाको उदघाटन गर्दै राष्ट्रिय सहकारी बैकका अध्यक्ष केवी उप्रेतिले नेपालको अर्थतन्त्रमा सहकारीले पुर्याएको योगदानको चर्चा गर्दै सहकारी ऐनहरु समयअनुकुल परिमार्जन गर्नुपर्ने बताए । उनले सहकारीहरुलाई सवल र सुदृढ बनाउन नजिकका सहकारीहरु एक आपसमा मिलेर अगाडी बढनुपर्ने बताए । 

अलराउन्ड बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष दिपकराज रेग्मीले आउने दिनहरुमा बचतका बिभिन्न योजना सञ्चालनमा ल्याएर सस्थाको बचत बृद्धिमा लाग्ने बताए । उनले बचत गर्ने बानीको जनचेतना फैलाई बचतको लागि साना बचतकर्ताको सख्या बिस्तार गर्ने बताए । 

सस्थाले बिभिन्न क्षेत्रमा योगदान पुर्याएका शेयर सदस्यहरुलाई नगद सहित सम्मान पनि गरेको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री