शुक्रबार, ७ वैशाख २०८१

ग्राहक ठगेको आरोपमा ८ ब्राण्डेड पसलका सञ्चालक पक्राउ

समयपोष्ट २०७४ कार्तिक १५ गते ८:१७

दरबारमार्ग र न्यूरोडका ८ ब्राण्डेड पसलका सञ्चालक पक्राउ परेका छन् । सेलको नाममा उपभोक्ताबाट धेरै नाफा लिएको ठहरसहित महानगरीय प्रहरी परिसरले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा वाच एण्ड सीका राजेश्वर श्रेष्ठ, तिरुपति प्रालिका नन्दन बिहानी, लेवल स्टोलका दितेन्द्र महर्जन र सुवास महर्जन, एडभेञ्चर आउटडोरका रोशन ओडारी ,लाइफ स्टाइल प्रालिका श्रीकृष्ण महर्जन,एभिन्यू मार्केटिङका उत्तमकुमार बस्नेत, प्लेटिनियम ट्रेड कन्सनका प्रविन झा र बेन्टलीका तुलसीधर भण्डारी रहेका छन् । 

Advertisement

बाँकी व्यवसायीका सम्बन्धमा भने अनुसन्धान चलिरहेको परिसरले जनाएको छ । दशैं तिहार अगाडि बजार अनुगमनमा लत्ताकपडा, जुत्ता, घडीलगायत सामग्री  बिक्रीमा उपभोक्तालाई ठगिएको आपूर्ति व्यवस्थापन विभागले ठहर गरेको थियो।

विभागको टोलीले भदौ १९ र २१ गते दरबारमार्गका पसलमा अनुगमन गर्दा अत्याधिक नाफा लिने गरेको फेला परेपछि ९ वटा पसलमा सिल गरेको थियो। उक्त घटनाको थप अध्ययन गरी मुद्दा चलाउन प्रहरीलाई जिम्मा दिएको थियो।

प्रहरीले ब्रान्डेड सामाग्री बिक्री गर्ने १५ जना व्यापारीलाई अनुसन्धानको दायरामा राखेको थियो । ६ जना अझै फरार रहेको महानगरीय प्रहरी परिसरले जनाएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री